Friday, January 14, 2011

१६ तला परमधाम र श्री शरदचन्द्र (सत्य व्यथामा आधारित )

ब्ोस्नियाको जाडो, हिँउले ढपक्कै ढाकेको दिन शान्ति सुरक्षाको काम रातो दिन एकै नासले चलि रहेको हुन्थ्यो ।  एक दिनको कुरो हो टेलिफोन बुथभित्र घरायसि हाल खबर बुभुन आफन्त जनहरुसंग सम्पर्क बढाउने हेतुले पस्दछु ।  यस्तै क्रममा ईटालीमा कार्यरत एक जना आफन्तको दर्दनात्मक फोन बार्ताले मर्माहत बनाउँछ । 

"म त बर्बाद भए छोरो अपाङ्गछ, श्रीमतिलाई पनि पक्षघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएको छ रे ।  चिकित्सकले जे पनि हुन सक्छ तुरुन्त सम्बन्धित आफन्तलाई झिकाउनु भनेकोले आलाचारी छट्टी जाँदै छु नेपाल ।"

"आश्वासनले ओतप्रोत न्यानो बचन हौसला र आँट हामी नेपाल गएर उपचारार्थ जुट्नु पर्छ फिकर रत्ति नगर्नु होला ।"

अब तरखर गर्न थालियो छुट्टी मिलाउन ।  दुर्भाग्यबश मेरो अनुरोध अनुसार पोष्ट अपरेसन छुट्टी पर्याप्त मात्रमा लिन नपाउने सम्बन्धित कार्यलय अधिकृतबाट नकरात्मक टिका टिप्पनी पल्टने कायदामा । अनेकौं झनझट अनावश्यक लादिएका मानसिक र शारीरिक बोझ र पिडा खप्नै परे पनि बल्लतल्ल बिदा स्वीकृति । 


नेपाल पुग्ने बित्तिकै नर्भिक अस्पतालमा अवस्थित बिरामी श्रीमति शकुन्तला रुपाचा (सुनुवार) लाई भ्रमण गर्दा लाग्यो उनी मानसिक रोगबाट पिडिट थिईन ।  एकनाशले बोलि रहने, आत्तिने, चार पाँच जनाले उचालेर हलचल गराउनु पर्ने बडो कष्तप्रद क्षण । बास्तवमा पूर्ण पक्षघात रोगेले ग्रस्त थिईन उनी । केही औपचारीक कुराकानी आश्वसन को कोसेली मुरीमुरी साटासाट । 

बिदा हुँदा "बिस्तारै निको हुनु हुन्छ फिकर नगर्नुस ।"

"खै बिस तारीक निको हुन्छस् भन्छन् सबै त्यो दिन कहिल्यै आएन" गुनासो थियो उनको ।
करीब ३३ दिनको अस्पताल बसाई पछि रोग निको हुने सम्भावना थोरै देखिएकोले परीवारका सदस्यहरुले अवकाश लिने निर्णय लिएर घरतिर बिरामी लगि सकेछन् । दोश्रो दिन अस्पताल भ्रमण को क्रममा उनको कोठा खाली देखेर म झस्किन्छु । यथार्थ बस्तुस्थिति रिसेम्सनबाट पत्ता लागे पछि हामी कोठेश्वर स्थित उनको कोठातिर लाग्दछौं । उनको बैठक कोठाको ढोकानेर पुग्दा नपुग्दै म हकारिन्छु बिरामी द्वारा ।  

"आई पुगिस् ?"

म नजिकै गएर सोध्दछु, "तपाईलाई अलि राम्रो भयो र डिस्चार्ज लिनु भयो ?"


"ए को हो भनेर सोध्दैनस् ?" लगातार मलाई प्रश्न गरिन्छ ।  साँच्चैमा मानसिक रोगले पीडित हुन कि जस्तो उनको हावभाव अति फरक देखिन्थ्यो ।  निकै पटक दोहर्याईयो "को हो भनेर सोध्दैनस् ?"

"को हुनु हुन्छ तपाई ?" म सोध्दछु ।

"हो त्यसो भन । म एउटा दुष्ट आत्मा हुँ ।  यसलाई खाना आएको ।" उक्त बिरामी लाई लक्षित थियो खाने ।  "हामी तेह्र जना दुष्ट आत्मा जम्मा हुने, यसको मुटु कलेजो खाने, एक हप्ताभित्र आर्यघाटमा लाश पुर्याउने ।" धम्कीले म हतासिन्छु, झस्किन्छु । 

"यस्तो बकवास बोल्नु हँुदैन ।" बिरामी भित्रबाट केही फरक चीजले निर्देशन दिएको भान भए पछि म सोध्दछु । 

"एक, दुई, तीन म दुष्ट आत्मा बोल्दैछु । जनमानसमा जसलाई भन्दा पनि हुन्छ म दुष्त आत्मा हुँ ।"


"ल्ौ त्यसो भए मलाई बिरामी सँग बोल्ने दुई मिनेट समय दिनु, अनि म पत्याउँछु दुष्ट आत्मा हो कि होईन ।" तीन बाचाको बावजुद बिरामीको अवस्था अनुहार परीवर्तन भएको देखेर अचम्मित मान्दै सोध्दछु", "कस्तो छ तपाईलाई ?"

"ए बावु ! कति बेला आउनु भो ? मलाई के भो यस्तो ? म त मर्ने रहेछु क्यार ।",  बिलौना बिछ्याईन्छ बिरामीबाट । अनुहार मलिन, स्वर मधुर, म छक्क पर्दछु ।  करीव दुई मिनेट पछि अचनाक अनुहारको प्रकृति परीवर्तन हुन्छ ।  

"पत्याईस् अब त ! म दुष्ट आत्मा बोल्दैछु । लौ दुनियाँलाई भनि दिनु मेरो बारेमा ।"

"अहो ! मलाई पागल भन्ने छन् दुनियाँले ।  बरु भरै बेलुकी म भिडियो क्यामेरा ल्याएर आई रेकर्ड गर्छु ।  त्यो रेकर्ड देखाएँ भने आपुनै आँखाले हेरेर केही हदसम्म बिश्वास गर्न सक्छन्", बेलुकी भेट्ने बाचाका साथ म घरतिर लाग्दछु ।"

बेलुकी पख म बैठक कोठामा पस्ना साथ सोधिन्छ तुरुन्तै, "क्यामेरा ल्याईस त ?  लौ रेकर्ड गरेर दुनियाँलाई देखाई बताई दिनु दुष्टात्माको बारेमा ।"

साँझ झपक्कै परि सकेको थियो । यो अनावश्यक धडपकडसंग अचम्मित हुँदै लगातार भिडियो क्यामेरा भित्र बन्द गर्दछु सम्पूर्ण बार्तालापहरु ।  यस्तैमा देवी-देवताको आगमन तथा निर्देशन शुरु हुन्छ ।  अति नाटकिय ढङ्गबाट दुष्टात्माहरुलाई धपाईन्छ र देववाणी शुरु हुन्छ केही दिन भित्रै ।

मेई ५, २००२ को बिहान सबेरैको निर्देशन अनुसार पुूलमाला आरती अबिर प्रसादको बन्दोबस्त हुन्छ ।  भक्तजनहरुलाई डाक्ने निर्देशन अनुसार आफन्तजनहरुलाई निम्त्याईन्छ ।  मानसिक रोगले ग्रस्त जस्तो विरामीलाई सुनेर को भक्तजन डाक्ने यस्तो क्षणमा ।  बिरामीको अवस्था अति चिन्ताजनक भएको महसुस हँुदा हँुदै पनि आफन्तजनहरुबाट आज्ञा पालना गरिन्छ । ठीक बिहानको ९ बजे संसारमा श्री राज्जी श्यामा महारानी पाल्नु हुने भविष्यबाणी अनुसार सबै पूजाको सामान ठिक्क पारिन्छ ।  प्रबचन गर्न कुनै ग्रनथको अध्ययन र अगि्रम तैयारी गर्नु नपर्ने परमात्मा स्वयमले बोल्नु हुने भविष्यबाणी । संलग्न भिडियो क्लिपबाट प्रस्तुत दस्ताबेजको आत्मिक महसुस गर्न सकिन्छ ।
 
http://www.youtube.com/watch?v=-iX_1j-2yUQ&feature=related

मेई ८, २००२ को बेलुकी बिरामीको अवस्था देखि चिन्तित शोकाकुल घर परीवार माझ बिरामी अचानाक भर्खरै जन्मिएको बालक झैं रुन थाल्दछिन् ।  उनै बिरामीको आत्मा श्री राज्जी श्याम श्यामाजीको छोरी भएर जन्मिएको आभास हुन्छ ।  उनीलाई परमात्मा स्वयमले "श्री राज्जी श्याम श्यामाजी" भन्न सिकाईन्छ ।  दस्ताबेज भिडियो क्लिप २ अवलोकन गरेर प्रत्यक्ष महसुस गर्ने जिम्मा बिज्ञ दर्शक सुन्दरसाथलाई नै सुम्पन्दछु ।  त्यो बेलुकीको चमत्कारीक प्रदर्शनमा एघारौं दिनमा श्री देवचन्द्र महाराजबाट नानीको न्वारण तथा नामाकरण गरिने भविष्यबाणी हुन्छ ।  प्रबचन भजन तथा केही भविष्यबाणी गरिन्छ । 


http://www.youtube.com/watch?v=-KWj2pcaeg8&feature=related

तोकिएको एघारौं दिनमा श्री देवचन्द्र महाराजको आत्मा दर्शन पाई न्वारण गरिएको चमत्कारीक क्षण, नामाकरण श्री शरदचन्द्र ।  अब कलियुगमा भगवानहरुको पुनार्गमनको बाचा तथा अति गोप्य रहेको १६ तला परमधामको बर्णन श्री शरदचन्द्रको माध्यमबाट श्री देबचन्द्र महाराजले प्रस्तुत गर्नु हुने । श्री देवचन्द्र महाराज आत्मिक रुपमा पुनार्गमन गनु भएको दस्ताबेज गुजराती, संस्कृत र हिन्दी भाषामा प्रवचन गर्नु भएको तथा ५ बर्षको उमेरमा घर त्यागेर खोजीमा िहंड्नु भएको व्यथा भिडियोमा रेकर्ड समयले साथ दिए सम्म २००२ देखि गरिन्दै आएको ।  श्री राज्जी श्याम श्यामाजीको आशिर्बाद हुकुम रहे सम्म सुन्दरसाथहरु म्ाझ लोकार्पण गर्ने कोशिश जारी रहने नै छ ।  अनेकौं बाधा अड्चन, तपस्या को कसिमा घोटिएर श्री शरदचन्द्रलाई श्री राज्जी श्याम श्यामाजी तथा परमधामको आत्मिय दर्शन प्राप्त भई सकेको र २००२ साल देखि अमृतमय प्रबचन बक्स हुँदैछ । एक बर्ष पछि आत्मिक तथा पाकृतिक उपचारले पूर्ण पक्षघात रोग निवारण ।


ग्रन्थहरुमा लेखिएको बचन परमात्माको पुनार्गमन फेरी हुने बाचा पूरा हुँदै गरेको हो कि होईन? अनुभव गर्न बाँकी नै छ ।  यो नयाँ परीवेश ज्ञान दर्शन र साहित्यको फेरी एक पटक खोज गर्नु पर्ने देखिन्छ ।  बिशेष गरेर गुरु महाराजहरु तथा साहित्य सर्जकहरुमा यो खोजको चुनौतीपूर्ण महत्व झल्कने नै छ ।
श्री शरदचन्द्रलाई श्री राज्जी श्याम श्यामाजीको चौतारो र नानी भनेर सम्बोधन गरिन्छ ।  उनीलाई कुनै माता वा पिताको संज्ञा नगर्न बारम्बर प्रबचनमा प्रष्ट्याईएको छ ।  हरेक हप्तामा तीन दिन आसन बस्दा शनिबार श्री हरी शरण माता (गोकुलबासी राधा) को आसन जहाँ ३३ कोटी देवी देवताले अनुरोध गरेर भजन, प्रवचन  र समाचार िदंदै आउनु भएको छ ।  आईतबार श्री राज्जी श्यामा महारानी तथा सोमबार श्री राज्जी श्याम महाराजको आसनमा श्री देबचन्द्र महाराजले उहाँको व्यथा र १६ तला परमधामको अति गोप्य प्रत्यक्ष वर्णन गर्दै आउनु भएको छ । 

श्री राज्जी श्याम श्यामाजी १६ तला दिव्यधामको उन्नति चौकमा दक्षिण मुहार फर्केर बिराजमान रहनु भएको, परमधामका अठाह्र हजार चौकहरु हिरा मोतिले सुसोभित । हरेक चौकको प्रत्यक्ष बर्णन, मेहर सागर दश र सोह्र तला बिचको सिमाना देखि मास्तिर सानो कुपबाट वग्दै खेल गर्ने, एकै नाशका रुख, बिरुवा र फलपुूल सधैं रमाईलो चमत्कारीक खेलहरु भई रहने यो झलझलाकार उज्यालो परमधामको वर्णनको एक टुक्रा वा नौलो दर्शनको एकपाटा ।  श्री  देवचन्द्र महाराजले श्री शरदचन्द्रलाई उन्नती चौकको आत्मिय दर्शन गराई सक्नु भएको छ ।

सयौं घण्टाको भिडियो दस्ताबेज रेकर्ड गरी सकिएको तथा केही भिडियो क्लिपहरु जानकारीको लागि निम्न ठेगानामा पाउन सक्नु हुनेछ ।


http://paramdhamdarsan.blogspot.com
http://prabasrahar.blogspot.com http://www.youtube.com/watch?v=rUZTrw9SL00
http://www.youtube.com/watch?v=-KWj2pcaeg8&feature=related
http://www.youtube.com/watch?v=pIL3jRHSwfM&feature=related
http://www.youtube.com/watch?v=VxXwt8j0UxQ&feature=related
http://www.youtube.com/watch?v=HdVRKtf8Knk&feature=related
http://wn.com/Monday_Shree_Rajji_Shyamjee_Asan

संयुक्त अधिराज्य (बेलायत) स्थित श्रीकृष्ण सेवा समिति यु. के. लॆ प्रथम पटक स्लाउको ल्याङ्गलीमा आयोजना गरेको १६ तला परमधामको अति गोप्य प्रबचनको लोकार्पण समारोहमा श्री शरदचन्द्र द्वारा एकाध घण्टाको प्रवचन कार्यक्रम सफलताका साथ २ जनवरी २०११ का दिन सम्पन्न गरिएको छ । 


 

Sunday, January 9, 2011

१६ तला परमधामको अति गोप्य रहेको प्रवचन लोकार्पण

१६ तला परमधामको अति गोप्य रहेको प्रवचन लोकार्पण

लण्डन / संयूक्त अधिराज्य बेलायत मा अवस्थित श्री कृष्ण प्रणामी सेवा समिति ले पहिलो पटक नयाँ बर्ष २०११ सालको स्वागातार्थ विश्व शान्तीको कामना गर्दै श्री शरदचन्द्र  द्वारा "१६ तला परमधामको अति गोप्य रहेको प्रवचन" लोकार्पण स्लाउको ल्याङ्गलि कम्युनिटी हलमा गत २ जनवरी २०११ का दिन भब्यताको साथ सम्मन्न गर्यो ।  

बिश्व शान्ती कामना आरती भजन किर्तन तथा प्रवचन शास्त्री महाराज श्री तिलक चैतन्य तथा श्री शरदचन्द्र ज्यू को नेतृत्वमा गरिएको थियो । सम्पूर्ण उपस्थित महानुभावहरु लगायत श्र&ालु भक्तजनहरुले हर्षोल्लासका साथ भजन किर्तन तथा प्रवचनमा सहभागी भएका थिए ।  

कार्यक्रममा श्री शरदचन्द्रको प्रवचनले बिसेषता थपि दिएको थियो । श्री शरदचन्द (श्रीमती शकुन्तला सुनुवार रुपाचा) नौ बर्ष अघि श्री बिष्णु भगवान, श्रीराधाकृष्ण तथा श्री राज्जी श्याम श्यामाजीको दर्शन पाएर भयानक पक्षघातको रोगले ग्रस्त भएर कालको मुख बाट ओकलिएकी थिईन । उनको आत्माको जन्म, न्वारण, नामाकरण श्रीदेवचन्द्र महाराजबाट गरिएको तथा कठोर तपस्याहरु पार गर्दै दर्शन प्रवचन हरेक साताको शनिवार, आईतबार र सोमबार उनै भगवानहरु र सतचिदानन्द स्वामी श्री सदगुरु द्वारा गरिन्दै आएको दस्तावेज भिडियो क्लिप श्री रामकृष्ण सुनुवार "आँकाला" बाट प्रस्तुत गरिएको थियो ।  श्रीशरदचन्द्र द्वारा नेपाली उर्दु, गुजराती तथा संस्कृत भाषामा समेत श्रीदेबचन्द्र महाराजको आत्मा व्यथा प्रस्तुत गर्दै आउनु भएको भिडियो क्लिप प्रदर्शन गरिएको थियो । करीव डेढ घण्टाको प्रवचनमा श्री देवचन्द्र महाराजको आत्माले श्री शरदचन्द्र द्वारा १६ तला परमधाम अति गोप्य रुपमा रहेको तथा कलियुगमा रहस्योदघाटन गर्नु पर्ने गत ९ बर्ष देखि प्रस्तुत गर्दै आउनु भएको कुरा उदृत गरिएको थियो ।  श्री शरदचन्द ले प्रवचन गर्नको लागि कुनै पुस्तक तथा ग्रन्थ अध्ययन गरी अगि्रम तैयार गर्नु नपर्ने उनै भगवानहरु आत्मामा बसेर १६ तला परमधामको प्रत्यक्ष बर्णन प्रस्तुत गर्दै आउनु भएको कुरा प्रस्तुत गरिएको थियो ।

यस महत्वपूर्ण दिनमा एउटा नौलो दर्शन खोज-साहित्यको प्रत्यक्ष अनुभुति गर्नको लागि अन्तर राष्ट्रिय साहित्य समाज बेलायतका सभापति श्री होम पारिवाग लगायत अन्य साहित्यकारहरु, पण्डित श्री आत्माराम दाहाल, सल्लाहकार नेपाली समाज स्लाउका डाक्टर श्री धर्म शाक्य, नेपाली समाज स्लाउका अध्यक्ष क्याप्टेन (रिटायर्ड) श्री चित्र बहादुर राई लगायत का दर्जनौ बिज्ञ महानुभावहरु तथा बिभिन्न पक्षका भक्तजनहरु को उपस्थितिले कार्यक्रमको रौनकताको बढाएको थियो । 

उपस्थित सज्जनबृन्दहरुले आपुनो भाषा-संस्कृति जोगाउन र पछिल्ला पुस्ताहरुलाई सचेत गराउनको लागि उक्त कार्यक्रमले महत्वपूर्ण भूमिका निभाएको महसुस गरेका थिए ।

उक्त प्रवचन कार्यक्रमको आयोजना श्री केशर पाण्डे को नेतृत्वमा श्री कृष्ण प्रणामी सेवा समिति संयुक्त अधिराज्य बेलायत गरेको थियो ।  संयुक्त  ब्यवस्थापन श्री यामदास सुनुवार तथा श्री रामकृष्ण "आँकाला" द्वारा गरिएको थियो ।        

Monday, December 6, 2010

१६ तला परमधामको अति गोप्य रहेको प्रवचन लोकार्पण बारे सुचना !


संयूक्त अधिराज्य (बेलायत) मा अवस्थित श्री कृष्ण प्रणामी सेवा समिति ले पहिलो पटक नयाँ बर्ष २०११ सालको स्वागातार्थ विश्व शान्तीको कामना गर्दै श्री शरदचन्द्र द्वारा "१६ तला परमधामको अति गोप्य रहेको प्रवचन” लोकार्पण को आयोजना गर्न गई रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं ।

बिश्व शान्ती कामना आरती तथा प्रवचन श्री शरदचन्द्र तथा शास्त्री महाराज श्री तिलक चैतन्य ज्यू को नेतृत्वमा गरिनेछ ।

श्री शरदचन्द्र नौ बर्ष अघि श्री बिष्णु भगवान, श्रीराधाकृष्ण तथा श्री राज्जी श्याम श्यामाजीको दर्शन पाएर भयानक पक्षघातको रोगले ग्रस्त भएर कालको मुख बाट ओकलिएकी थिईन । उनको आत्माको जन्म, न्वारण, नामाकरण श्रीदेवचन्द्र महाराजबाट गरिएको तथा कठोर तपस्याहरु पार गर्दै दर्शन प्रवचन हरेक साताको शनिवार आईतबार र सोमबार उनै भगवानहरु र सतचितानन्द स्वामी श्री सतगुरु द्वारा गरिन्दै आएको दस्तावेज श्री रामकृष्ण सुनुवार "आँकाला” बाट प्रस्तुत गरिने छ ।
श्रीशरदचन्द्र द्वारा नेपाली, उर्दु, गुजराती तथा संस्कृत भाषामा समेत श्रीदेबचन्द्र महाराजको आत्मा व्यथा प्रस्तुत गर्नु भएको कुरा अवगत गराउन चाहन्छौं ।

यस महत्वपूर्ण दिनमा एउटा नौलो दर्शन, खोज-साहित्यको प्रत्यक्ष अनुभुति गर्नको लागि साहित्यकार, पत्रकार, संचारकर्मी, पण्डित, गुरु-पुरोहित, लामा, माताहरु, बिभिन्न पक्षका भक्तजनहरु तथा सम्पूर्ण बिज्ञ महानुभावहरुलाई कार्यक्रममा पाल्नु भई गरिमा बढाई दिनु हुनको लागि हार्दिक अनुरोध तथा निमन्त्रणा टत्रुयाउँदछौं।

मिति :    २ जनवरी २०११
समय :    दिउँसो १३:३० बजे
स्थान:     Langley Pavillion community Centre
            Langley road (opposite of harrow market)
            Slough, Berkshire
            SL3 8BS

RSVP:    सिट, जलपान तथा कार parking को व्यवस्थापनको लागि तलका ब्यक्तिहरु संग ईच्छुक महानुभावहरुले सम्पर्क गरेर उक्त दिन उपस्थित हुने जानकारी 25 December 2010 भित्र दिनु भई स्थान सुरक्षित गर्न्र्रको लागि निबेदन टत्रुयाउँदछौं।

सम्पर्क:           व्यक्ति                           ईमेल                             स्काईप                                 टेलिफोन

           >L /fdsi0f
cfsfnf       sunwar.rk1097@gmail.com                ramkrishna.sunwar                07878674319  
               >L s]z/ kf08]             kesharpanday@hotmail.com              panday.keshar6503               07988720677
               >L ofdbf; ;'g'jf/        yamdhas@hotmail.co.uk                     hustle903                               07828679128 





आयोजक

श्री कृष्ण प्रणामी सेवा समिित
संयुक्त अधिराज्य (बेलायत)

http://paramdhamdarshan.blogspot.com

Sunday, December 5, 2010

Prabas Rahar

Prabas Rahar:  I had a dream to fly to a wonderful land - Prabas.  All the trouble being in the distance from home land forced me to write something.  (I = many people like me) The aim of this blog is to store the collection of  creation while in the distant land (Prabas).  That is why this blog has been designed for me by Mr Bhanu Sunuwar, really appreciate for it.

Thank you very much for contributing your valued time.  Your comment / advise and providing prabas ko Rahar article would provide much more energy to develop this blog.


With kind regards


Ramkrishna "ANKALA"

IT WASN’T ME IT WAS HIM!

                                                                         Mr Prabuddha Sunwar 
There’s a hole in the wall
A mess on the floor
And only 1 cake left
When there used to be four, plus
The fish is hard to ignore.

The dog had a trim
With a blunt pastry cutter
Now he’s wearing your nightie
And looks like a complete nutter
And your keys magically
Disappeared down the gutter.

The budgie flew off
Said it needed some room
And doesn’t Gran always
Stick gum to her face?
And surely a carpet’s
Not hard to replace

The toothpaste was switched
With the glue meant or tiling
It sets really quickly
Now everyone’s smiling
And the fire brigade called
Some mistake about dialling

Yes I know he’s a baby
Who can’t leave his cot
But when your back’s turned
He gets up to a lot
Let him try and deny it
I bet he cannot
IT WASN’T ME IT WAS HIM!

A NOVICE DAY

                                                                    Mr Prabuddha Sunwar
                                                                                                       Year 6, Le Cateau Community School
Today I had a problem
when I tried to make my bed.
My blankets and my comforter
got wrapped around my head.

I went to fluff the pillows
but the pillow cover tore,
and feathers flew all over
as I stumbled 'round the floor.

I accidentally grabbed the sheets
and pulled them as I fell.
I have to say, it seems
my day's not starting off too well.

I tripped upon a pillowcase
and landed in a heap.
Good grief! That's it! I'm staying here
and going back to sleep!

SNOWMAN

                                                                                                                   Mr Prabuddha Sunwar
                                                                                                                Year 6, Le Cateau Community School
Once there was a snowman,
Who stood outside the door,
He wished that he could come inside,
And run around the floor.

He wished that he could warm himself,
Beside the fire, so red,
He wished that he could climb
Upon the big white bed.

So he called to the North Wind,
"Come and help me, pray,
for I'm completely frozen,
Standing here all day."

So the North Wind came along,
And blew him in the door,
And now there nothing left,
But a puddle on the floor!


Tuesday, November 23, 2010

सत्य

ऊ डाँको छोडेर रुँदै थियो
मनमा अशान्तिले छाएको थियो
तिमी को हौ किन रोयौ
उसले नाम ँसत्य” बतायो ।

हो सत्यहरु यसरी नै रुने गर्दछन्
पिडामा पिल्सने गर्दछन्
ज्वालामा जल्ने गर्दछन्
ग्हिराईमा डुब्ने गर्दछन्
पक्कैमा ज्यानको बाजी थाप्दछन्
किन कि शिखर उनीहरुलाई पर्छ ।

साँच्चै हो सत्यहरु लुटिने गर्दछन्
सत्यहरु मिचिने गर्दछन्
छट्पटाहट जीवनको आँसु लुकाएर
असत्यलाई क्षणिक हाँसो दिने गर्दछन्
अनि त पिडामय शिखर उक्लने गर्दछन् ।

सत्यहरु खुल्ला हुने गर्दछन्
बराबरी दृष्टी फाल्ने गर्दछन्
आपुू मरेर अरुलाई बचाउने गर्दछन्
हो यथार्थमा
सत्य मरेर बाँचेका हुन्छन्
त्यसैले अमर हुन्छन् ।

ढुङ्घाका मूर्तिहरु

                                                                                      ” आँकाला” रामकृष्ण सुनुवार
ख्ौ ! के बिन्ति गराई भो र
ती ढुङ्घाका मूर्तिहरुसंग ।

जानेर ती निर्जीव हुन्
मन मान्दैन
देवताका आवरण धारी
दैवी शक्तिका आहुतिहरु
मान्छे जस्तो
न चल्न सक्दछन् न ढल्न जान्दछन्
न िहंड्न सक्दछन् न िहंडाउँन नै सक्दछन्
लाटो जस्तो
बोल्नु कि बोल्न दिनु
खै ! व्यर्थै के बिन्ति गराई भो र
ती ढुङ्घाका मूर्तिहरु संग ।

बरु आकाश खस्ला धर्ती फाट्ला
ग्रह ब्रंहाण्ड ध्वस्त होलान्
असम्भव के नै देख्दछौ र
कदापी ढुङ्घाको मूर्ति बोल्ने छैन
हजारौं ईच्छा धारी मानव
भो ! तिमी व्यर्थैमा बिन्ति नगर
ती ढुङ्घाका मूर्तिहरुसंग ।

ती के चाहन्छन् के चाहँदैनन्
को बुभुदछ को देख्दछ
मात्र मानव तिम्रो प्रार्थना
एकदिन व्यर्थैमा खेर जान्छ
र ब्युँझने छौ
अनि चिल्लाउने छौ बेस्कन
ब्ोकार बेकारमा
अनि भन्ने छौ
खै ! के बिन्ति गराई भो र
ती ढुङ्घाका मूर्तिहरुसँग ।