Tuesday, November 23, 2010

सत्य

ऊ डाँको छोडेर रुँदै थियो
मनमा अशान्तिले छाएको थियो
तिमी को हौ किन रोयौ
उसले नाम ँसत्य” बतायो ।

हो सत्यहरु यसरी नै रुने गर्दछन्
पिडामा पिल्सने गर्दछन्
ज्वालामा जल्ने गर्दछन्
ग्हिराईमा डुब्ने गर्दछन्
पक्कैमा ज्यानको बाजी थाप्दछन्
किन कि शिखर उनीहरुलाई पर्छ ।

साँच्चै हो सत्यहरु लुटिने गर्दछन्
सत्यहरु मिचिने गर्दछन्
छट्पटाहट जीवनको आँसु लुकाएर
असत्यलाई क्षणिक हाँसो दिने गर्दछन्
अनि त पिडामय शिखर उक्लने गर्दछन् ।

सत्यहरु खुल्ला हुने गर्दछन्
बराबरी दृष्टी फाल्ने गर्दछन्
आपुू मरेर अरुलाई बचाउने गर्दछन्
हो यथार्थमा
सत्य मरेर बाँचेका हुन्छन्
त्यसैले अमर हुन्छन् ।

No comments:

Post a Comment