Tuesday, November 23, 2010

ढुङ्घाका मूर्तिहरु

                                                                                      ” आँकाला” रामकृष्ण सुनुवार
ख्ौ ! के बिन्ति गराई भो र
ती ढुङ्घाका मूर्तिहरुसंग ।

जानेर ती निर्जीव हुन्
मन मान्दैन
देवताका आवरण धारी
दैवी शक्तिका आहुतिहरु
मान्छे जस्तो
न चल्न सक्दछन् न ढल्न जान्दछन्
न िहंड्न सक्दछन् न िहंडाउँन नै सक्दछन्
लाटो जस्तो
बोल्नु कि बोल्न दिनु
खै ! व्यर्थै के बिन्ति गराई भो र
ती ढुङ्घाका मूर्तिहरु संग ।

बरु आकाश खस्ला धर्ती फाट्ला
ग्रह ब्रंहाण्ड ध्वस्त होलान्
असम्भव के नै देख्दछौ र
कदापी ढुङ्घाको मूर्ति बोल्ने छैन
हजारौं ईच्छा धारी मानव
भो ! तिमी व्यर्थैमा बिन्ति नगर
ती ढुङ्घाका मूर्तिहरुसंग ।

ती के चाहन्छन् के चाहँदैनन्
को बुभुदछ को देख्दछ
मात्र मानव तिम्रो प्रार्थना
एकदिन व्यर्थैमा खेर जान्छ
र ब्युँझने छौ
अनि चिल्लाउने छौ बेस्कन
ब्ोकार बेकारमा
अनि भन्ने छौ
खै ! के बिन्ति गराई भो र
ती ढुङ्घाका मूर्तिहरुसँग ।

No comments:

Post a Comment