Sunday, January 9, 2011

१६ तला परमधामको अति गोप्य रहेको प्रवचन लोकार्पण

१६ तला परमधामको अति गोप्य रहेको प्रवचन लोकार्पण

लण्डन / संयूक्त अधिराज्य बेलायत मा अवस्थित श्री कृष्ण प्रणामी सेवा समिति ले पहिलो पटक नयाँ बर्ष २०११ सालको स्वागातार्थ विश्व शान्तीको कामना गर्दै श्री शरदचन्द्र  द्वारा "१६ तला परमधामको अति गोप्य रहेको प्रवचन" लोकार्पण स्लाउको ल्याङ्गलि कम्युनिटी हलमा गत २ जनवरी २०११ का दिन भब्यताको साथ सम्मन्न गर्यो ।  

बिश्व शान्ती कामना आरती भजन किर्तन तथा प्रवचन शास्त्री महाराज श्री तिलक चैतन्य तथा श्री शरदचन्द्र ज्यू को नेतृत्वमा गरिएको थियो । सम्पूर्ण उपस्थित महानुभावहरु लगायत श्र&ालु भक्तजनहरुले हर्षोल्लासका साथ भजन किर्तन तथा प्रवचनमा सहभागी भएका थिए ।  

कार्यक्रममा श्री शरदचन्द्रको प्रवचनले बिसेषता थपि दिएको थियो । श्री शरदचन्द (श्रीमती शकुन्तला सुनुवार रुपाचा) नौ बर्ष अघि श्री बिष्णु भगवान, श्रीराधाकृष्ण तथा श्री राज्जी श्याम श्यामाजीको दर्शन पाएर भयानक पक्षघातको रोगले ग्रस्त भएर कालको मुख बाट ओकलिएकी थिईन । उनको आत्माको जन्म, न्वारण, नामाकरण श्रीदेवचन्द्र महाराजबाट गरिएको तथा कठोर तपस्याहरु पार गर्दै दर्शन प्रवचन हरेक साताको शनिवार, आईतबार र सोमबार उनै भगवानहरु र सतचिदानन्द स्वामी श्री सदगुरु द्वारा गरिन्दै आएको दस्तावेज भिडियो क्लिप श्री रामकृष्ण सुनुवार "आँकाला" बाट प्रस्तुत गरिएको थियो ।  श्रीशरदचन्द्र द्वारा नेपाली उर्दु, गुजराती तथा संस्कृत भाषामा समेत श्रीदेबचन्द्र महाराजको आत्मा व्यथा प्रस्तुत गर्दै आउनु भएको भिडियो क्लिप प्रदर्शन गरिएको थियो । करीव डेढ घण्टाको प्रवचनमा श्री देवचन्द्र महाराजको आत्माले श्री शरदचन्द्र द्वारा १६ तला परमधाम अति गोप्य रुपमा रहेको तथा कलियुगमा रहस्योदघाटन गर्नु पर्ने गत ९ बर्ष देखि प्रस्तुत गर्दै आउनु भएको कुरा उदृत गरिएको थियो ।  श्री शरदचन्द ले प्रवचन गर्नको लागि कुनै पुस्तक तथा ग्रन्थ अध्ययन गरी अगि्रम तैयार गर्नु नपर्ने उनै भगवानहरु आत्मामा बसेर १६ तला परमधामको प्रत्यक्ष बर्णन प्रस्तुत गर्दै आउनु भएको कुरा प्रस्तुत गरिएको थियो ।

यस महत्वपूर्ण दिनमा एउटा नौलो दर्शन खोज-साहित्यको प्रत्यक्ष अनुभुति गर्नको लागि अन्तर राष्ट्रिय साहित्य समाज बेलायतका सभापति श्री होम पारिवाग लगायत अन्य साहित्यकारहरु, पण्डित श्री आत्माराम दाहाल, सल्लाहकार नेपाली समाज स्लाउका डाक्टर श्री धर्म शाक्य, नेपाली समाज स्लाउका अध्यक्ष क्याप्टेन (रिटायर्ड) श्री चित्र बहादुर राई लगायत का दर्जनौ बिज्ञ महानुभावहरु तथा बिभिन्न पक्षका भक्तजनहरु को उपस्थितिले कार्यक्रमको रौनकताको बढाएको थियो । 

उपस्थित सज्जनबृन्दहरुले आपुनो भाषा-संस्कृति जोगाउन र पछिल्ला पुस्ताहरुलाई सचेत गराउनको लागि उक्त कार्यक्रमले महत्वपूर्ण भूमिका निभाएको महसुस गरेका थिए ।

उक्त प्रवचन कार्यक्रमको आयोजना श्री केशर पाण्डे को नेतृत्वमा श्री कृष्ण प्रणामी सेवा समिति संयुक्त अधिराज्य बेलायत गरेको थियो ।  संयुक्त  ब्यवस्थापन श्री यामदास सुनुवार तथा श्री रामकृष्ण "आँकाला" द्वारा गरिएको थियो ।        

No comments:

Post a Comment